सात विकास बैंकले घोषणा गरे लाभांश, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सात विकास बैंकले घोषणा गरे लाभांश, कुनको कति ?



काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ७ वटा विकास बैंकले मात्र लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत १५ वटा विकास बैंक मध्ये हालसम्म ७ वटाले मात्र लाभांश घोषणा गरेका हुन।

यसैगरी, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । लाभांशमा अधिकांश विकास बैंकले बोनस सेयरलाई प्राथमिकता दिएका छन् ।

यी मध्ये ३ बैंकको बुक क्लोज र साधारण सभा सम्पन्न भइसकेको छ । ४ बैंकको भने बुक क्लोज र साधारण सभा हुन बाँकी छ । यी मध्ये सबैभन्दा धेरै लाभांश दिनेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । यसले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ११.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकले १०.२६ प्रतिशत, मितेरी र गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिंदैछन् । अरु ३ बैंकको लाभांश १० प्रतिशत भन्दा कम छ ।

प्रकाशित : १० पुष २०८०, मंगलवार ११:३८