आइपीओ प्रस्ताव सहित पूर्वाञ्चल ल्यूव आयलले डाक्याे साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइपीओ प्रस्ताव सहित पूर्वाञ्चल ल्यूव आयलले डाक्याे साधारण सभा



काठमाडौं । पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले आइपीओ प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । सभा पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, सुन्दरहरैँचा-९, मोरङ्गमा बिहान ११ बजे सुरु गर्ने भएको हो ।

सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेश हुनेछ । त्यसैगरी, सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।साधारण सभाबाट आइपीओ जारी गर्ने प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढ्न सक्नेछ ।

कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरी धितोपत्र बोर्डमा आवेदन दिनेछ । बोर्डबाट अनुमति पाएपछि आइपीओ खुलाको प्रक्रिया अघि बढ्ने गर्छ ।

प्रकाशित : ९ पुष २०८०, सोमबार १२:४०