युनिभर्सल पावरको बोनस सेयर घोषण, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युनिभर्सल पावरको बोनस सेयर घोषण, बुक क्लोज कहिले ?



काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट कुल ९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

जसमध्ये ८.५५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यस कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।

यता, कम्पनीले लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि यसले पुस १८ गते बुक क्लोज गर्नेछ । यसर्थ, पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ९ पुष २०८०, सोमबार १२:३०