रिडी पावर कम्पनीले लाभांश नदिने घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिडी पावर कम्पनीले लाभांश नदिने घाेषणा



काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले पुस २८ गते साधारण सभा पनि बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्दैछ । तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

यसले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश वितरण गरेको थियो । हाल रिडी पावर ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पर्खेर बसेको छ ।

कम्पनीले १ बराबर ०.५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

प्रकाशित : ८ पुष २०८०, आईतवार ११:१८