कृषि विकास बैंकको सञ्चालक समितिमा आचार्य नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि विकास बैंकको सञ्चालक समितिमा आचार्य नियुक्त



काठमाडौं। कृषि बिकास बैंकको सञ्चालक सदस्यमा महेश आचार्य नियुक्त भएका छन् । नवनियूक्त सञ्चालक सदस्य आचार्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य आचार्यलाई बैंक सञ्चालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका छन् ।

उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु डा राजेन्द्र प्रसाद मिश्र,गोविन्द भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाईं, रिता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति थियो ।

प्रकाशित : ६ पुष २०८०, शुक्रबार १७:०३