घोराही सिमेन्टले लाभांश घोषणा, साधारणसभा पनि आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

घोराही सिमेन्टले लाभांश घोषणा, साधारणसभा पनि आह्वान



काठमाडौं । घोराही सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १६ गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

साधारणसभामा सर्वसाधारण शेयरधनी समुहबाट संचालक निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुने छ ।

प्रकाशित : 22 December, 2023 11:31 am