सिक्लेस हाइड्रोपावरकाे लाभांश घोषणा, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सिक्लेस हाइड्रोपावरकाे लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । सिक्लेस हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १३ गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

प्रकाशित : 21 December, 2023 12:38 pm