काठमाडौँ महानगरपालिका सुलभ फार्मेसी सञ्चालनका लागि घर भाडामा खाेज्दै, १५ दिनभित्र प्रस्ताव पेश गर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

काठमाडौँ महानगरपालिका सुलभ फार्मेसी सञ्चालनका लागि घर भाडामा खाेज्दै, १५ दिनभित्र प्रस्ताव पेश गर्न आग्रह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न पाँच स्थानमा ‘सुलभ’ फार्मेसी सञ्चालनमा ल्याउने भएको छ। महानगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत, नीति, बजेट तथा कार्यक्रमअनुसार पाँच स्थानमा फार्मेसी स्थापना गर्न लागेको हो।

त्यसका लागि घर भाडामा लिन महानगरपालिकाले सार्वजनिक सूचना निकालेको छ। घर भाडाका लागि आवश्यक पर्ने मापदण्ड तोक्दै महानगरले मासिक भाडादरसहित १५ दिनभित्र मासिक के–कति दरमा दिन सकिने हो, सो उल्लेख गरी गोप्य सिलबन्दी खामसहितको प्रस्ताव पेश गरी काठमाडौं महानगरपालिकाको कार्यालय, स्वास्थ्य विभागमा दर्ता गराउन अनुरोध छ ।

महानगरपालिकाको स्वास्थ्य विभागले महाराजगञ्ज, वीर अस्पताल, कालीमाटी र लैनचौर क्षेत्रमा फार्मेसी खोल्न लागेको जनाएको छ।

प्रकाशित : ४ पुष २०८०, बुधबार १३:३८