विन्ध्यवासिनी हाइड्रोपावरले ५.२६ प्रतिशत नगद लाभांश दिने घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

विन्ध्यवासिनी हाइड्रोपावरले ५.२६ प्रतिशत नगद लाभांश दिने घाेषणा



काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरले गत बर्षको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

समितिको बैंठकले उक्त लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा पुस २६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु गर्ने निर्णय गरेको छ । बैठकले वार्षिक साधारण सभा र बुक क्लोज मिति पनि तय गरेको छ । यसका लागि पुस १७ गते बुक क्लोज हुनेछ ।

तसर्थ, पुस १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभामा भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : ४ पुष २०८०, बुधबार ११:३५