शिवम् सिमेन्टकाे १५ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

शिवम् सिमेन्टकाे १५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । मंगलबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीले पुस २७ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज हुने भएको छ । पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउने छन् भने सभामा सहभागी हुन पाउनेछन् ।

प्रकाशित : ३ पुष २०८०, मंगलवार १६:४३