चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुँदै, दैनिक २० हजार पर्यटककाे आगमन हुने अनुमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुँदै, दैनिक २० हजार पर्यटककाे आगमन हुने अनुमान



काठमाडाै । पर्यटकीय नगरी सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । होटल संघ नेपाल (हान)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना महामारीले रोकिएको उक्त महोत्सव आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा पुस १० देखि १४ गतेसम्म महोत्सव गर्न लागेको जानकारी दिएकाे हाे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्ने उक्त महोत्सवमा एक कराेड आठ लाख रकम खर्च हुने

कोरोना भाइरस महामारी अघि नियमित गर्दै आएको उक्त महोत्सवका कोभिडकालमा वर्ष बन्द भएको थियो । मुलुकको स्वास्थ्य स्थिति सामान्य अवस्थामा फर्किएको तीन वर्षपछि महोत्सवको पूनः सूचारु गरिएको होटल एसोसियशन नेपाल (हान) अध्यक्ष विनायक शाहले बताए । अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन विकासलाई पहिचान दिएको चितवन हात्ती तथा पर्यटन महोत्वसको पुनः नियमित गर्नका लागि सबै निकायको सहयोग आवश्यक रहेको अध्यक्ष शाहले बताए ।

विश्व सम्पदा सुचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरु लाई आकर्षित गराउदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउनु महोत्सवको अभिप्राय रहेको होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्यले जानकारी दिए। हात्ती विना समग्र चितवनको पर्यटन कल्पना गर्न नसकिने भन्दै पर्या-पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तर सम्म पहिचान गराउन सक्नु पनि महोत्वसको विशेषता रहेको उनले बताए ।

दैनिक २० हजार पर्यटककाे आगमन हुने अनुमान गरिएकाे महोत्सवमा ५० वटा बिक्री कक्ष रहने र यस वर्ष देखि प्लाष्टिक जन्य पदार्थहरुलाई पनि निरुत्साहित गर्दै डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवर्द्धन गर्ने प्रयास गरिरहेको समेत सौराहा होटेल एशाेसिएसनका काेषाध्यक्ष माधव दुवाडीले जानकारी दिए । ५ दिनसम्म संचालन हुने महोत्सवमा हात्तीको श्रंगार प्रतियोगिता, हात्तीवनभोज, स्वदेशीतथाविदेशी ट्राभल एजेंसीहरु संग बिटुबि,मैत्रीपूर्ण खेलकुदप्रतियोगिता, चितवनमा पर्यटनको सम्भावना र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रम,स्थानीय भेषभुषातथाकला सँस्कृति सहितझाँकी प्रदर्शन मुख्य आकर्षण रहेको छ ।

त्यस्तै राष्ट्रिय तथा स्थानीयकलाकारहरुद्धारा दैनिक साँस्कतिककार्यक्रम,हात्तीको दिनचार्य बारे जानकारी,स्थानीय कृषिउत्पादनको प्रवर्द्धन गर्ने, अग्रज, उत्कृष्ट पथप्रदर्शक ( Nature Guide), संरक्षणकर्मी, माउते, डुङ्गा चालक, जीप सफारी चालक र विविध शिप-कला प्रेमीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि रहेकाे जनाएकाे छ ।

प्रकाशित : ३ पुष २०८०, मंगलवार १४:१२