युटिएलसहित ३ कम्पनीको इन्टरनेट अनुमतिपत्र खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युटिएलसहित ३ कम्पनीको इन्टरनेट अनुमतिपत्र खारेज



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एकैपटक ३ इन्टरनेट सेवाप्रदायक कम्पनीको अनुमतिपत्र (लाईसेन्स) खारेज गरिदिएको छ । तोकिएको समयमा अनुमतिपत्र नविकरण नगरेपछि प्राधिकरणले युनाईटेड टेलिकम लिमिटेड (युटिएल) , म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरिदिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाका अनुसार ती तीनवटै सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरण गरेका थिएनन् । युटिएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए । ती अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्थ्यो ।

प्राधिकरणले कम्पनीहरुलाई नियमानुसार तिर्नरबुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । अन्यथा प्रचलित कानुन बमोजिम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार १२:५१