लुम्बिनी विकास बैंकले गर्यो लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लुम्बिनी विकास बैंकले गर्यो लाभांश प्रस्ताव



काठमाडाैं । लुम्बिनी विकास बैंकले ८.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।

आर्थिक वर्ष २०७८-७९ को नाफाबाट बैंकले ३ प्रतिशत बोनस सेयर र कर सहित ९ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलवार ११:३३