४४ करोड ५४ लाख रुपैयाँ बराबरको आईपीओ आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

४४ करोड ५४ लाख रुपैयाँ बराबरको आईपीओ आउदै



काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले कुल ४४ करोड ५४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ ।

सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा ओवदन दिई प्रकृया अघि बढाइसकेको छ ।

बोर्डको अनुमति पाए पश्चात हाइड्रोले अंकित मूल्य १०० रुपैयाँको दरले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।

कम्पनीले बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत आईपीओ जारी गर्न गत मंसिर १९ गतेनै बोर्डसँग अनुमति मागेको हो ।

प्रकाशित : २५ मंसिर २०८०, सोमबार २१:०१