सुनचाँदीको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुनचाँदीको मूल्य घट्यो



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेको छ । प्रतितोला चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २४ मंसिर २०८०, आईतवार ११:३२