यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु



काठमााडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरिएको हो ।

१. दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने ।
सदस्य : श्री फणीन्द्र गौतम, सचिव– नेपाल सरकार
सदस्य : श्री रितेशकुमार शाक्य, सहसचिव– अर्थ मन्त्रालय
सदस्य : श्री बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सदस्य : श्री सुजनकुमार काफ्ले, अध्यक्ष– आइसीएयन

२. खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने ।

३. विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।

प्रकाशित : २१ मंसिर २०८०, बिहीबार १७:०४