एनसेलबारे छलफल गर्न लेखा समितिको बैठक बस्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनसेलबारे छलफल गर्न लेखा समितिको बैठक बस्दै



काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक आज २ बजे  बस्ने भएको छ । बैठकमा एनसेलको सेयर खरिद-बिक्रीबारे छलफल गर्ने कार्यसूची छ ।

मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै, ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको थियो।

सोबारे दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिइएपछि एनसेलको शेयर खरिद-बिक्रीबारे लेखा समितिले प्रश्न उठाएको थियो।

सरकारले पनि एनसेलको सेयर खरिदविक्रीमा अनियमितता भएको शंका गर्दै छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।

लेखा समितिको आजको बैठक सोही विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको जनाईएकाे छ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार ०८:४६