नेपाली जुत्ताघरको नयाँ शोरुम सातदोबाटोमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाली जुत्ताघरको नयाँ शोरुम सातदोबाटोमा



काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामुहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री माननिय रामकृष्ण चित्रकारले गरे ।

साथै नेपाली जुत्ता उत्पादक उद्योगीहरुको समुहलाई सामुहिक शोरुमको सफलताका लागि शुभकामना व्यक्त गरे । माननिय मन्त्रीले नेपाली उत्पादनको प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने कुरा बताए । साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे । उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समुहद्धारा सामुहिक शोरुम अवधारणअन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाचौं शोरुम हो । यस अघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ । यस शोरुममा उत्पादक र उपभोक्तबिच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रुची र चाहना अनुरुपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरुको विश्वास रहेको छ । साथै बिभिन्न व्यापारीक च्यानलमार्फत बजारमा उत्पादन पठाउँदा बस्तुको मूल्य बृद्धी हुने र यसले उत्पादक र उपभोक्त दुबै पक्ष मारमा पर्ने भएकाले सामुहिक शोरुमको यस अवधारण अन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरु प्राप्त गर्दछन । सातदोबाटो नेपाली जुत्ता घरमा वि।एफ डियर हिल र वि।एफ स्पोट, रोयल शुज, फस्टवाक शुज, क्रस रोड शुज, डि।जे। शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन ।

उद्योगीहरुको यस समुहद्धारा आगामी दिनमा देशभरका बिभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराए । साथै देशको दिगो आर्थिक विकाशका लागि आफ्नै देशको श्रम तथा सिपलाई प्रयोग गरेर देशमा नै रोजगारी सृजना गरिरहेका यस्ता प्रकारका उद्योगहरुको बिकाश बिस्तारमा राज्यका तर्फबाट पनि नीतिगत सहयोग हुनु जरुरी रहेको छ ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार १२:३२