हिमालयन डिष्टिलरीको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन डिष्टिलरीको लाभांश घोषणा



काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये १० प्रतिशत बोनस सेियर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर सहित)रहेको छ।

त्यसैगरी, सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २५ गते बुधबार, लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 4 December, 2023 12:18 pm