नेपाल हाइड्रोको लाभांश घोषणा, पुस १२ मा साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल हाइड्रोको लाभांश घोषणा, पुस १२ मा साधारणसभा



काठमाडौं । नेपाल हाइड्रोले लाभांश घोषणा गरेको छ। कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस १२ गते नक्साल स्थित लिसारा रिसेप्सनमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २४ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

प्रकाशित : १७ मंसिर २०८०, आईतवार १४:५४