रत्ननगरका विद्यार्थीलाई नेपाल ल्युब आयलको छात्रवृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

रत्ननगरका विद्यार्थीलाई नेपाल ल्युब आयलको छात्रवृति



काठमाडौं । गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ। रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको लागी आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको रु।एक लाख पन्ध्र हजार तिन सय रुपैयाँ बराबरको चेक हस्तानान्न्तरण गरिएको हो ।

रत्ननगरमै मेकानिकको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो । मृतक चौधरीका सन्तानलाई कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत छात्रवृति प्रदान गरेको हो ।

रत्ननगरको शिवकृपा अटोपार्टस सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रममा कम्पनी कि मार्केटिंग मेनेजर पुर्णिमा गौतम, चितवनका लागी नेपाल ल्युबको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका संचालक सुवास कंडेल, नेपाल अटो मेकानिकल एसोसियसनका पुर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, नेपाल अटो मेकानिकल व्यवसायी संघका महासचिव टिकादत्त अधिकारी लगायतले संयुक्त रुपमा चौधरी परिवारलाई चेक हस्तानान्न्तरण गरेका हुन् ।

कार्यक्रममा स्वागत् मन्तव्य व्यक्त गर्दै कम्पनी कि मार्केटिंग मेनेजर पुर्णिमा गौतमले मेकानिकहरु नेपाल ल्युब आयलको मेरुदण्डको रुपमा रहेको उल्लेख गर्दै उनीहरुको परिवारको जिम्मेवारी कम्पनीको काँधमा रहेको बताईन् । यस्तै कार्यक्रममा आफ्नो संक्षिप्त मन्तव्य राख्दै नेपाल अटो मेकानिकल एसोसियसनका पुर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोमोबईल्स क्षेत्रका उत्पादक तथा वितरकहरुले मजदुरहरुलाई खुसी पार्न लाखौँ रकम भोजभतेर तथा खानपानमा खर्च गर्ने गरेको भन्दै त्यस्ता कार्यक्रम गर्नु भन्दा मजदुरको सन्तानको शिक्षादिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चितवन अटोमेकानिकल्स व्यवसायी संघका अध्यक्ष रामबहादुर तिमल्सिना, संघका वरिष्ठ उपाध्यक्ष सादिक शेख, शिवकृपा अटोपार्टस सेन्टरका संचालक खडानन्द सेढाई लगायतको उपस्थिति थियो । आशिर्वाद ट्रेडिङ भरतपुरका संचालक सुवास कंडेलको सभापतित्वमा भएको कार्यक्रम चितवन अटोमोवाइल्स एशोसिएसनका कोपाध्यक्ष रामशरण भट्टराईले संचालन गरेका थिए ।

प्रकाशित : १४ मंसिर २०८०, बिहीबार १६:३१