सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम



काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै बुधबार १६ सय रुपैयाँले बढेर नयाँ मूल्यले नयाँ इतिहास कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोता सुनको मूल्य एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार ११:४१