राष्ट्रिय सहकारी महासंघको निवर्तमान सञ्चालक समेत रहेका चन्द्र प्रसाद ढकाल बचत तथा ऋण सहकारीको एक मात्र छाता संगठन–नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिं (नेफ्स्कून) को यात्रा लेखा समिति सदस्य, संयोजक र महासचिव हुँदै पछिल्लो समय हाल बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् । नेफ्स्कूनको २८ औं वार्षिक साधारण सभाले उनलाई ४ वर्षे कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो ।
सहकर्मीहरुबीच स्पष्ट वक्ता सहयोगी, मिलनसार र सांगठनिक कुशलताका लागि ढकाल परिचित छन् । नेफ्स्कूनको स्थापनादेखि आबद्ध रहेका ढकाल सहकारी आन्दोलनको संरचनागत तथा दिगो विकासका लागि काम गर्ने प्रतिबद्धतासहित अभियानको मैदानमा छन् । यसै सिलसिलामा ढकालको आगामी रणनीति, भावी मुद्दा र समसामयिक विषयमा अर्थबजार डटकमका लागि डिल्ली प्रसाद सापकोटा र नमिता दुलालले कुराकानी गरेका छन् :
नेफ्स्कूनको आगामी साधारण सभाबाट नेतृत्व परिवर्तनका कुराहरु आइरहेको छ । यो मैदानमा तपाई अध्यक्षको भुमिकामा आफुलाई उभ्याउन लाग्नु भएको हो ?
सहकारीलाई सहकारीको रुपमा परिभाषित गर्नका लागि सहकारीलाई ग्रेडिङ गर्नपर्छ । सहकारीका स्वरुप यती धेरै छन । कुनले के गर्ने भनेर राष्ट्रिय सहकारी महासंघ लगाएत अरु सहकारीले पनि स्पष्ट धारणा राख्नुपर्यो । त्यो राख्न नसक्दा यो सहकारीको तेस्रो विषय सहकारीको रुपमा रहन सकेन् । जसबाट आज यो घटना घटिरहेका छन् । यो अभियानको तर्फबाट सुरक्षित भएनौं । तरपनि यसलाई न्यून गर्न सकिने थियो । हाम्रो नेतृत्व आफ्ना स्वार्थ बाझिने लगाएत मैले माथि भनेको कुरामा सहभागि देखियो । त्यसैले मलाइ लाग्छ सहकारी भित्र समस्या आएका कुरापनि सत्य हुन् । हामी त्यहा भएर पनि असफल भएको कुरा पनि सत्य हो । तर, यसलाई निकास नै दिन सकिदैन भन्ने कुरा सत्य हैन् । निकास निकाल्न सकिन्छ । निकास मैले निकाल्छु किनकी मसंग २४ बर्षको अनुभव छ ।
हामी वित्तिय सहकारी भित्र भएपछि वित्तिय सहकारी बाहिरको कुरा दिमागबाट निकाल्नु पर्छ । साथै वित्तिय सहकारीको पैसा सदस्यको पैसा हो । यो पैसा मैले मेरो व्यवसायमा लिएर जानसक्छु भन्ने सोच राख्नु भएन । यी कुरा जबसम्म रहन्छ फरक र स्वच्छ आउन सक्दैन । यी दुबै कुरा भएन भने त्यहाँ नमिलेको, झगडा भएको देखिने हो
सहकारीलाई गुणस्तर बनाउनुपर्छ । स्तरीकरण गर्नुपर्छ । जुन सहकारी जहाँबाट जोडिनुपर्ने हो त्यहाँ लगेर जोडिनुपर्छ । हामी एकीकरणका कुरा गरिरहेका छौ । हाम्रो नेतृत्वले एकीकरणको सुरुवात म गर्छु भनेर उहाँ आफैले नेतृत्व गर्नुभयो । फेरी सहकारीमा विभाजन पनि हुन्छ भनेर उहाँ आफैले भन्नुभयो । हामीले हिजो गरेका एकीकरण विभाजन गर्नका लागि थियो त ? एक बर्षभित्र संस्था विभाजन गर्छौं भने त्यो नेतृत्वले आजसम्म सहकारीलाई प्रोफेस्नल रुपमा चलाउने कुरा गर्यो कि एकीकरण र विभाजनको सिद्धान्त पढाएर हिड्ने काम गर्यो ? त्यसैले जो जे कुराको लागि लाग्ने हो । त्यो नलागेपछि सहकारीका समस्या आए । म त्यो समस्यालाई चिर्न उहाँहरुसंगै काम गरेको साथीका नाताले उहाँले गरेका भन्दा फरक काम गरेर सहकारी अभियानलाई स्वच्छ बनाउन सक्छु । किनकि म लामो समय समाजसेवी भावनाले श्रमिकबाट सुरु गरेको मान्छे मेराे सुरुवातको सहकारीनै यातायात मजदुरबाट भएको हो । मजदुरले मजदुरको बीचमा सहकारी खोलेर प्रतिनिधित्व गर्दै गए । जसले सहकारीमा संभावना देखेरै त्यहा लागेको होला । २४ बर्षको निकास सहकारीको नेतृत्व गरेर सहकारीमा भएका समस्यालाई चिर्दै मैले अगाडी बढाउन सक्छु । यो मेरो आम सहकारीकर्मीलाई अनुरोध पनि हो ।
बैक तथा वित्तिय संस्थाहरु समस्यामा परे भने केन्द्रिय बैंकले विभिन्न विधि तथा उपकरण अपनाएर त्यसलाई उद्धार गर्ने काम गर्छ । त्यही प्रारम्भिक संस्थाको संरक्षण गर्छौ भनेर खुलेका जतिपनि संघ, नेफ्स्कून, बहुउद्देश्यीय संघ, बैक छन् । तर पनि सहकारी उद्धार गरिएका उदाहरण पनि आम मानिसले पाउन सकेका छैनन । जोगाउन सक्ने स्थितीबाट असफल भएका हुन त ?
मेरो बुझाइमा सहकारी वित्तिय संस्थाको रुपमा परिभाषित राष्ट्र बैंकको पोलिसीमा हुनै सकेन। हाम्रो पहिला देखिको मुद्दा यही नै हो । हाम्रो अभियानको नेतृत्वहरुले सहकारीलाई वित्तिय संस्थाको रुपमा परिभाषित गराउनुपर्छ भन्नेमा त्यति धेरै ध्यान दिएको मैले अनुभव गरिन् । म केहि राष्ट्र बैंकसंग जोडिएको छलफलमा पनि बसे, नेपाल सरकारको संघीय स्तरको बैठकमा पनि बसे । त्यहाँ मैले सहकारीलाई कि त वित्तिय रुपमा परिभाषित गर्दिनुस, कि त छुट्टै सहकारी ऐन ल्याएर त्यही ऐन अन्र्तगत रहेर सहकारी रुपान्तरण गर्नुपर्छ भनें । त्यसलाई सेक्युरीटी गर्ने, व्यवस्थापन गर्ने प्रक्रिया र त्यसले दिने प्रतिफललाई सदस्यहरुमा जाँदा हुने लाभ हानीका कुरा ठेगान हुने गरी छुट्टै वित्तिय ऐन ल्याउनुपर्छ । एउटामा ठेगान नभएपछि अर्कोमा ठेगान हुनुपर्छ भनेर मैले ती कुराहरु राखें । आज ती कुरामा बचत ऋण अभियान छुट्टै वित्तिय ऐन चाहिन्छ भन्ने निष्कर्शमा पुग्यौं । यसमा लगभग सबै सहमत भएको देखिएको छ ।
अहिले के पनि देखिएको छ भने हामीले विषयबस्तु उठान गर्न सकेका रहेनछौ । उठान गर्न थालेपछि राज्यले पनि ठेगान गर्ने रहेछ । साथै सुझावदिने निकायले पनि त्यसलाई हेर्ने रहेछ । आजसम्म भएको समस्या के भने सहकारी वित्तिय संस्थामा रुपान्तरण हुन सकेन्, अथवा वित्तिय संस्था नहुँदा छृट्टै सहकारीले यसलाई शासन गर्न नसकेपछि सहकारी के हो ? सहकारीले कस्तो अवस्थामा उद्धार गर्नसक्छ ? सहकारीको पुँजीलाई संरक्षण गर्ने विधि के हो ? पुँजीलाई सदस्यकोमा लिएर जाने विधि के हो ? ऋण असुल नहुँदा गर्ने कारबाहीका प्रक्रियाहरु के हुन् ? ती कुरा कतै एड्रेस भएनन् ।
आज पुलिसले सहकारीको पैसा उठाइदिनुपर्ने । रजिष्ट्रारले सहकारीका संञ्चालकलाई कागज गराएर यति महिनापछि पैसा तिर्ने भनि तमासुक गराउनुपर्ने । यो पनि पद्धती हो त हैन नि । यो पद्धती नभएर अस्थायी उद्धार को रुपमा सरकारले यो प्रक्रिया सुरु गरिरहेको छ । त्यसैले मेरो के अनुरोध छ भने वित्तिय सहकारी ऐन सहकारी संरक्षण गर्न, प्रवद्धन गर्न र यसको प्रतिफल सहकारीकर्मीमा पुर्याउन चाहिन्छ । यी कुरा नभएको भएर अहिलेको संकटमा समस्या देखिएको छ । एउटा विकल्पमा के हुन सक्थ्यो भने बैंक वित्तिय संस्थाहरुमा वित्तिय तरलताको संकट देखियो । बैंकले सहकारीको पैसा निकाल्नै सकेन् । ठुला ठुला शाखा भएका बैंकले एउटाबाट मात्रै सर्भिस दिइरहे । दिनमा दुई घण्टा भन्दा बैंक खोल्न सकेनन् । जसले गर्दा सहकारीको पैसा बैंकले निकालेर सदस्यहरुलाई दिन सकेनन् । बिचमा त्यो संकटले गर्दा हाम्रो सिस्टम अस्तव्यस्त देखियो । जब सहज हुदै गयो बैंकहरुले कसिलो बनाउदै गए । यता सहकारीमा तरलता स्पष्ट हुन थाल्यो । साथै सहकारीका संचालकले पैसा छ भनेर अस्वभाविक रुपमा लगानी गर्न थाले । र त्यो लगानी भएका पैसा लगानीकर्ताले नतिरेर समस्या उत्पन्न हुन थाल्यो ।
अहिलेको यो अवस्थामा नेफ्स्कूनले कसरी काम गरेको छ ?
नेफ्स्कुनले एकदमै काम गरेको छ । काम अनुसारको प्रतिफल पनि पाएका छन् । हामीसंग तुलनात्मक रुपको पाटो हेर्दा एकदमै कम छ । कोभिडको बेला एम्बुलेन्स चढेर नवलपरासीबाट काठमाडौ आएको छु । एम्बुलेन्समा बसेर धेरै संस्थाहरुमा पैसा लगेका उदाहरण हामीसँग छन् । त्यतिवेला कोहि घरबाट बाहिर निस्किदैन थिए । महिनौसम्म एक ठाउँबाट अर्को ठाउँ जान नसक्ने अवस्थामा नेफ्सकूनले जुम प्रविधिबाट जानुपर्छ भन्ने विषयको लभिड पनि त विभागसंग नेफ्स्कूनले नै कार्यविधि पास गरेर निर्णय गरेको हो ।
यसरी समस्या खोल्दै नेफ्स्कून अग्रपक्तिमै रह्यो । तर जति भएपनि काम गर्ने टिममा निर्णय प्रक्रियामा छलफल हुने, आन्तरिक कुराहरुमा हार्दिकता हुने जस्ता पारदर्शिता भएमा सबै कुरा राम्रै राम्रा देखिदा रहेछन् । हामीलाई संगै लैजाने उद्धारता जति हो त्यो नेतृत्वमा मैले पाइन् । जसका कारण नेफ्स्कूनभित्र केही समस्या हो कि भन्ने देखियो । तर समस्या नेतृत्वको हो, नेतृत्वले गर्दा नेफ्स्कूनले कहि गरेन कि भन्ने कुरा हो । त्यो नेफ्स्कून भित्रको समस्या होइन् । नेफ्स्कूनको व्यवस्थापन पक्षले कोभिड, भुकम्प, तरलता समस्यादेखि पछिल्लो समस्याको विषयमा पनि अग्रपक्तिमा बसेर हामीलाई सहयोग गर्यो ।
तपाई महासंघको नेतृत्व गरेर आउँदै गर्दा अहिले विभिन्न मुद्दाहरुमा समग्र अभियानमा मतभेद देखिन्छ । यो तपाइँहरु बिच द्वन्द किन ? यो समस्याको समाधानका लागि आउने नेतृत्वले कसरी अगाडी बढाउनुपर्छ ?
हामीमा द्वन्द्धमा छैन् । समस्या कहाँ हुने रहेछ भने, म महासंघको संञ्चालक हुदा म नेफ्स्कूनको प्रतिनिधि थिइन् । तर मेरो त्यहाँ भित्रका विषयहरु नेफ्स्कुनलाई प्रवद्र्धन गर्ने मात्रै हुन्थे । तर आज नेफ्स्कूनको प्रतिनिधित्व गरेर जानुभएका साथीहरुले नेफ्स्कुनका लागि कति गर्नुभएको छ उहाँहरुले नै भन्नुहुन्छ । त्यो एउटा कारण हुनसक्छ । मैले विगतमा सिकेका गरेका कुराले गर्दापनि के देखें भने हामी नेतृत्वभित्र कहि कतै स्वार्थ बाझिएको छ भने, त्यहाँ द्वन्द्ध देखिने रहेछ । तर महासंघमा म रहँदा त्यो परिस्थिती रहेन् । म बरिष्ठ उपाध्यक्ष हुँदादेखि केबी उप्रेतीलाई मैले प्रस्ताव गरेको थिएँ । त्यसबेला बैंक र नेफ्सकुनको बीचमा केहि साना धमिला कुराहरु देखिएका थिए । त्यसैले अब अभियानलाई यसको उत्तर दिनुपर्छ । बैंक र नेफ्स्कूनभित्र कार्यदल बनाउ र बैंकको प्रस्तावमा संयोजक भएर सात जनाको कार्य दल बनायौं । कार्यदलले ३ वटा बैंठक गर्यो । हामीले केहि विषयमा कोड गर्यौ । राम्रै पनि भइरहेको थियो । तर पुनः हाम्रो नेतृत्वले बैंक र नेफ्स्कूनमा बरिष्ठता हावी हुने भयो भन्ने भएपछि बैठकको प्रक्रियालाई ट्विस्ट गरिदिनुभयो ।
यसमा हाम्रै बर्तमान अध्यक्षले त्यो कुरालाई समय नै नदिने, कहिले भएका कुरालाई कार्यन्वयन नगर्ने जस्ता काम भए र ति सबै ओझेलमा परे । त्यसैले के देखिदै छ भने हामी कुनै न कुनै विषयभित्र हाम्रो इच्छा फरक छ र फरक ठाउँमा छौ । हामी वित्तिय सहकारी भित्र भएपछि वित्तिय सहकारी बाहिरको कुरा दिमागबाट निकाल्नु पर्छ । साथै वित्तिय सहकारीको पैसा सदस्यको पैसा हो । यो पैसा मैले मेरो व्यवसायमा लिएर जानसक्छु भन्ने सोच राख्नु भएन । यी कुरा जबसम्म रहन्छ फरक र स्वच्छ आउन सक्दैन । यी दुबै कुरा भएन भने त्यहाँ नमिलेको, झगडा भएको देखिने हो । तर इस्यु, सैद्धान्तिक बिषय र नीति कामका विषयमा महासंघ, बैंक र नेफ्सकुनका बीचमा कतै विभेद छैन ।
बचत तथा ऋणमा जति राम्रो कारोबार भइरहेको छ त्यसमा नेफ्स्कुनले विदेशी ब्रान्ड ल्याएर मध्यस्थताको भन्दा पनि समस्यामा पार्ने काम बढी गर्यो भन्ने आरोप आइरहेको छ । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?
यसमा हामीले दुईवटा विषय हेर्नुपर्ने हुन्छ । गुणस्तर गराउने प्रक्रियाका लागि मोडालिटी दिनैपर्छ । हामी जब एसियाली ऋण महासंघसंग आवद्ध हुदाँ कुनै कुराको सुरुवात थिएन् । एसियाली महासंघले आफ्नो प्रोडक्टको रुपमा नेपालका गुणस्तर संस्थाहरुलाई लेखापरिक्षण गरेर सम्मानित गर्ने काम गर्यो । त्यसले हामीलाई पहुँच विस्तारमा सहयोग पुगेको छ । यो विषय एसियाली महासंघको ब्राण्डेड प्रक्रिया भयो । यो प्रक्रिया राम्रो भयो भने नेपाल स्ट्याण्डर्ड किन नतोक्ने त भनेर नेपाल ब्राण्ड भनेर विभाग र नेफ्सकुनका बीचमा प्रमाणिकरण गर्ने गरी काम गर्यौ । ब्राण्डको विस्तार तल्लो स्तरमा पनि लिएर जाउ भनेर कोप्स भनेर फेरी नयाँ ब्राण्ड बनायौ । जुन नेफ्सकुन ब्राण्ड हो । त्यसलाई प्रमाणिकरण भने गरेको छैनौ । आगामी बर्षहरुमा गर्ने तयारी गरेका छौ ।
प्रोफेस्नल ब्राण्डमा भित्रपनि फाइनान्सियल कुराहरु छन् । कप्समा एउटा पैसा लिन्छौ, प्रोफेसनमा अर्को, पहुचमा अर्को पैसा लिन्छौं । पहुचको पैसा एसियाली महासंघले अडिट गर्न आउँदा लिने पैसा हो । त्यसमा हामीले लिएको पैसा के हो भनेको ट्यूसन फि जस्तै हो। यसबाट संंस्थाहरु खुसी नै हुनुहुन्थ्यो । संस्थाहरुको गुनासो भनेको ट्यूसन फि मासिक लिने, तर पढाउने बेला बहाना बनाएर सर बिदामा बस्दिने, कहिले समस्या देखाइदिने, भोली आउनु भनेर पठाइदिने गरेको भएर पढाइबिनाको शुल्क नेफ्सकुनलाई महड्गो भयो भनिएको हो ।
यदी पुर्ण रुपमा उहाहरुलाई पढाएका छैनौ, उहाँहरुले उठाएका विषयमा वनसाइड काम गरेका छैनौ भने उहाहरुले भनेको कुरा सत्य हो । तर हाम्रो पोलिसीमा नपढाइकन शुल्क लिने भन्ने निर्णय छैन् । कोभिडको बेला र अहिले पछिल्लो अवस्थामा केहि अस्थव्यस्थ भएको हो । तर त्यसलाई पनि व्यालेन्समा ल्याउदै छौ । फेरी बिना पैसा गरौ भनेर सार भन्ने प्रोजेक्ट बनायौ । त्यसको काम सबै सहकारीमा सुरुवाती समस्या के हो रिर्सच गरेर गुणस्तरताका लागि छनौट गर्नु थियो । त्यसैगरी ७५३ वटा स्थानिय निकायको सहयोगमा आधारशिला कार्यक्रम संञ्चालन गर्यौ ।
यी सबै प्रोजेक्ट संस्थाहरुलाई गुणस्तर गर्नको लागि बनाइएका टुल्सहरु हुन् । यसलाई पुर्ण कार्यन्वयन गर्न सकेको भए अहिले यस्ता समस्या आउने थिएनन् । ती कुराहरुमा शुल्क लियौ तर पुर्ण कार्यन्वयन गर्न नसकेको भएर यस्तो भएको हो । तर यसलाई पहुचको विषयमा त छ नै प्रोफेस्नल ब्राण्डको रुपमा पनि बिचमा समस्या आएपनि अहिलेको रजिष्ट्रार आएपछि विभागले तोकेको मापदण्ड पुरा गरेर विभागकै प्रतिनिधिसंग बसेर अडिट गर्ने प्रक्रिया भित्र गएर ब्रण्डलाई प्रमाणिकरण गरेर जाने एउटा समझदारीपत्र रजिष्ट्रार र हाम्रो भएको छ ।
सहकारीको नेतृत्व व्यवसायीक भन्दा पनि राजनितिक व्यक्तिहरु आउदा समस्या भयो भन्छन् । यसमा पार्टीको लभिड बढी भयो भन्ने आरोप पनि छ नि ?
राजनितिक दलहरु राज्य सत्ता संञ्चालन गर्नका लागि राज्यका कानुन बनाउनका लागि यी कुराहरु आवश्यक हुन्छ । उहाँहरुबिना कानुन बनाउने नितिगत सवालहरु हामीलाई संरक्षण गर्ने कुरा जहिलेपनि अभाव हुन्छन् । राज्यले भन्दा बाहेक राजनितिक दलले सामाजिक संस्थाहरुको पुर्ण अभ्यास गर्ने थलो सहकारी हो ।
यसमा राजनितीक दलहरुले चाख राख्न थाले भने आफ्ना निर्णयहरु लाद्न खोज्छन् । जुन निर्णय आम नागरिकका लागि नभएर दलविषेशका लागि बढी लाभदायीक हुन्छन् । सबै नागरिक नै भएपनि सहकारीको पहिलो प्राथमिकता नागरिकको जिवनस्तर उकास्न लाग्नुपर्छ भनेर काम गर्यौ । तर अहिले राजनितिक दलहरुले आफ्ना प्रतिनिधिपात्र पठाउने, पाटीको पोर्टफोलियोका साथीहरु गएर नेतृत्वको आकांक्षा राख्ने ।
प्रारम्भिक संस्थाहरुलाई कुनै न कुनै तरिकाले साकोस संग नेफ्स्कुन भनेर दुई बिच घुलमिल हुनुपर्छ भनेर ब्यानर नै बनाएर काम गर्यौ । त्यसैले मेरो पहिलो एजेण्डा भनेको हिजो गरेका कामले पुर्णता नपाएकोले साकोस अभियानलाई एकत्रित गर्नु हो ।
नेतृत्व ल्याउनका लागि सिनियर नेताहरुले प्रारम्भिक संस्थाको लेबलमा गएर प्रचार गर्ने । सहकारीकर्मीलाई पार्टीको व्यानरभित्र राखेर राजनितिकका विषयमा पढाउन थाल्ने याे चै सुहाउदैन। त्यस्ता प्रतिनिधि बनाएर लगिएका नेताहरुको पहिलो प्राथमिकता नेतृत्वमा पुर्याउने पार्टीप्रति हुन्छ । राजनितिक पार्टीलाई उकास्नकालागि सहकारीलाई एउटा भर्याङ्ग बनाएर गएका हो भने मेरो भन्नु केहि छैन् ।
हैन हामी राज्य सत्ता संचालन गर्ने ठुला पार्टी हौ । हामीले जनताको सेवा गनुपर्छ भन्ने सोचेर अगाडी बढ्यौ भने सहकारी प्रवद्धन गर्न सफल हुनेछौ । मेरो बारेमा भन्ने हो भने मैले अहिलेसम्म यस्ता राजनितिक आडका ढाडस दिएर सहयोगको अपिल पनि गरिन । अरुलाई पनि गर्नुपर्छ भनेर भन्दै हिडको पनि छैन् । म पार्टीको भोटर, समर्थक र आफु सुहाउदो पोर्टफोर्लियो भित्र भएपनि यो राजनितिक हतियार सहकारीलाई निस्तेज गर्नका लागि प्रयोग गर्दिन् । मेरा सबै कोशिस सहकारीलाई प्रवद्र्धन गर्नका लागि हुन्छन् । तर अहिले जे भइरहेको छ त्यसमा मेरो कुनै सर्मथन छैन।
म एक्लो छु तर हार खाएको छैन् । तर अहिले पार्टीका सहकारी नेतृत्वहरु जो हुनुहुन्छ उहाँहरुले सहकारीमा आफ्नो प्रभाव जमाउनलाई समय खर्चिनु भएको छ । त्यो व्यर्थ छ । सबै बसेर छलफल गरेर जान सकिन्छ । समय बाकी नै छ उहाँहरुले सहकारीलाई सर्बसम्मत नेतृत्व बनाउन सक्न’भयो भने अहिलेको अर्थिक संकटको सुन्दर उपहार त्यहि हुनेछ । तर हैन पार्टीको झण्डा राखेर जसरी प्रचार गरिरहनु भएको छ । त्यसरी पार्टीका स्वयंमसेवक राखेर चुनाव राखेर चुनाव गराउनु भयो भने त्यसको भोलिपल्ट सहकारीको अभ्यास के रहेछ रु के रहेनछ अनुभव गर्नुहुन्छ ।
राजनितिक आस्थाको आधारमा पनि कतिपय कुरामा मतभेद होलान आफ्ना ठाउँमा छ । तर समग्र अभियान पनि पतन पार्नसक्ने अवस्थापनि आउन सक्ने देखिन्छ नि ?
म नाम लिन चाहन्न । उहाँहरुको अहिलेको गोल हेर्दा त्यस्तै देखियो । आफ्ना पार्टी तथा मान्छेलाई बचाउ गर्ने नाममा अहिले भएका गतिविधिलाई वास्ता गर्नुभएन । एउटा राजनितिक पार्टीको प्रतिनिधित्व गरेर गएको सभामुख जो सभामुख भएपछि राजनितिक पार्टीको सदस्य रहदैन् । तर पछिल्लो समयको अवस्था हेर्दा कुनैपनि कार्यक्रमा सभामुख बाहेक अरु चिफगेष्ट खोज्नु भएन् । किनभने उहाँहरुले सरकार भित्र आफ्नो राजनितिक पार्टीको नेनालाई देख्नु भएन् ।
कति दुख लाग्दो कुरा छ । विभागीय मन्त्री हामीसंग कुनैपनि कार्यक्रमा सहभागि हुनुहुन्न् । प्रधानमन्त्रीलाई सहभागी गराउने विषय बनेको छैन् । अरु पोर्टफोलियोका मन्त्रीहरु सहभागी हुनुहुन्न। मैले सभामुखको सम्मान गर्छु, तर उहाँको समय सहकारीको उद्भघाटनमा छ । उहाँ त एउटा सभामुख जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई किन यता जोडिरहनु भएको छ । यसबाट पनि के देखिन्छ भने उहाहरुले आफ्नो वर्चस्व भएको ठाउँमा जस्तोसुकै नेतृत्व भएपनि देखाउने र भएका जनमानसलाई प्रभावित पार्ने कुरा बाहेक अरु देख्नुभएन् ।
संस्था हेर्ने भन्दा पनि उपस्थित सहकारी सदस्यमार्फत आफ्नो प्लेटर्फम बलियो बनाउने तिर बाहेक उहाँको ध्यान पुगेको देखिन्न् । यदी पुगेको भए सहकारी भित्र यतिठुलो समस्या आयो । संवोधन गर्ने विषयभित्र कुनै राजनितिक पार्टीको नेतृत्वले यसलाई संवोधन गरौ भनेको देखिएन नि त । बर्तमान सरकारले भने सुचना पाएसम्म यसलाई निकै संवोधन गर्न खोज्नु भएको छ । उहाँले कसरी अहिलेको परिस्थितीलाई चिरेर नागरिकलाई सेवा दिउ । साथै सहकारी लगाएत वित्तिय क्षेत्रलाई कसरी सुरक्षित गरौ, निकाशनिकाल्ने भन्ने एजेण्डा प्रष्ट देखेको छु । एक बर्ष भित्रमा देखिएका एजेण्डा र गत साढे ३ बर्षमा लिएको एजेण्डा हेर्दा उहाँहरुको कार्यक्रम भित्र सहकारी छैन । सहकारीका साथिहरु उहाँहरुका लागि आवश्यक छन् ।
तपाई अध्यक्षको रुपमा प्रस्तुत भइरहदाँ आगामी दिनमा नेफ्स्कून र साकोसलाई कसरी लैजाने के छ भिजन । यसमा तपाई एक्लै हिड्नुहुन्छ की टीम बनाएर अगाडी बढ्दै हुनुहुन्छ ?
साकोस अभियानलाई एकिकृत गर्नुपर्छ भन्ने मेरो मान्यता हो । म जिल्ला बचत संघ तथा प्रदेश संघमा द्धन्द भएको अवस्था थियो । त्यतिबेला मैले साझेदारी गरेर भएपनि बचत संघहरुलाई नेफ्स्कुनको मुल प्रवाहमा ल्याउनका लागि काम गरियो । त्यसका लागि जिल्ला बचत संघहरुलाई गुणस्तर गर्दै जानुपर्छ भनेर नेफ्स्कून नै अधिकृत लेबलको कर्मचारी जिल्ला संघसंग सहकार्य गर्ने गरी त्यसलाई प्रवद्धन गर्नका लागि पनि काम गर्यौ। अर्को प्रारम्भिक संस्थाहरु नेफ्स्कून सदस्या बन्न चाहेका छन् भने उनिहरुका लागि कुनै ढोकाहरु बन्द हुनु हुदैन् भन्ने धारणाले काम गर्यौ ।
सबै प्रारम्भिक संस्थाहरुलाई कुनै न कुनै तरिकाले साकोस संग नेफ्स्कुन भनेर दुई बिच घुलमिल हुनुपर्छ भनेर ब्यानर नै बनाएर काम गर्यौ । त्यसैले मेरो पहिलो एजेण्डा भनेको हिजो गरेका कामले पुर्णता नपाएकोले साकोस अभियानलाई एकत्रित गर्नु हो । एकिकृत भएको साकोस अभियानलाई सहकारीको मुल्य मान्यता सिद्धान्त अनुसार सहकारी हरुलाई स्तरिकरण गर्नका लागि ग्रेडिड गर्न पर्छ । सबै सहकारी एउटै तरिकाले नचल्ने भएकाले वर्गिकरण गरेर जाने सोचेका छौ। साथै वर्गिकृत भएका सहकारीको कम्तीमा चारवटा वर्गिकरण भएपछि पहिलो वर्ग र अन्तिम वर्ग बिचमा तपाईलाई टिच कस्ले गर्ने रु ब्राण्डेड ठुला संस्थाहरु भन्छौ । उनिहरुले आफ्ना समुदायमा भएका १५ वटा जति साना संस्थालाई पढाइदिए भने त्यो संस्था भोलि ठुलो पनि भयो र आवश्यकता अनुसार एकिकरण पनि हुने भयो ।
यसका लागि लाग्ने खर्च सेयर गरेर मिलाउला । जसरी पनि संस्थालाई ग्रेडिड अनुसारको नियम भित्र सुचित गराउने । यो गर्न नेफ्सकुनको मेनपावर मात्र लगाउनुपर्छ भन्ने छैन । थोरै मेनपावरले पनि काम गर्छ । ग्रेडिड भइसकेका संस्थालाई खाली उत्पादन मात्र भनेर बसेका छौ । प्रारम्भिक संस्थाले उत्पादन गर्न सक्दैन् । प्रारम्भिक संस्थामार्फत त्यसका सदस्यहरुलाई हामीले विजनेस दिने हो । सदस्यले उत्पादन गर्न संस्थालाई चाहिने विउ विजन मल लगाएतका विषादी होला । यी कुरालाई हामीले सकेको उपल्ध गराउछौं । जुन एकदमै न्युन पुँजीको हुने छ । साथै त्यहा उत्पादन भएका फललाई पनि हामी आफैले स्टोरेज गरि लिएर मार्केटिड पनि आफै गछौ । उत्पादन भन्नु हुन्छ आज उत्पादन गरेको बस्तुको मार्केट नै छैन् । यस्ता विषयलाई पहिलो पटक योजनाबद्ध तरिकाले जाने छौ ।
बिना योजना भएर अहिलेसम्म समस्या भएको हो । हामी यी आवश्यकताहरुलाई पहिलो बर्गको प्रारम्भिक संस्था, दोस्रो,तेस्रो गर्दै अन्तिम प्रारम्भिक संस्थाको बिचमा काम अवसर र प्रतिवद्धताको योजना गरेर जान्छौ । यसबाट नेफ्सकुन इन्टरल्यान्डिङको विजनेस भनेको छौ । यसमा पैसा लगानीलाई पहिलो काम गर्दैनौ । हाम्रो अन्तिम गोल भनेको वित्तिय सहकारी ऐन ल्याउने नै हो । वित्तिय सहकारी ऐन ल्याउदाँ राष्ट्रिय अन्तराष्ट्रिय प्रशिक्षण भित्र केहि वित्तिय सहकारी ऐनका केहि खाकाहरु बनाएका छौ । यसको गाइडलाइन अनुसार आगामी मार्गचित्र प्रस्तुत गर्छाैँ । हाम्रो पहिलो उद्देश्य सहकारीको प्रवद्र्धन, व्यवस्थापन नै हो । यो गर्नका लागि चाहिले पुजी प्रविधीका लागि राज्य संग लभिङ गर्नेछौ । हामीले बाहिर दे खेर आएका कुराको कार्यन्वयन भएका छैन्न् । मेरो योजनामा ती बाहिरका कुरा पनि कार्यन्यनमा ल्याउने योजना छ । जुन अपेक्षा गरिएका आज सम्म सहकारी अभियानमा नभएका नदेखेका नयाँ कुराहरु हुन्छन् ।
मेरो एउटा टिम छ । यसमा सदस्यता नंम्बर भन्ने छैन् । राम्रा सफल संस्थाका प्रतिनिधिहरुलाई सबै प्रदेशबाट समेटेर २२ जनाको टिमभित्र कम्तीमा पनि २० वटा ब्राण्डेड भएका संस्थाहरुले मात्रै नेतृत्व गर्ने टिमको नेतृत्व मैले गर्ने छु । ब्राण्डेड संस्था नेफ्सकुनमा आइरहदा नेफ्स्कुनको फाइनान्सियल अपेक्षा गर्दैन् । प्रारम्भिक संस्थाको सपोर्टले उनिहरु नेफ्स्कुनसंग काम गर्न सक्ने हुदाँ नेफ्स्कूनको फाइनान्सियल खर्च घट्छ । जुन सदस्यको पैसा हो सदस्यको हितमा लगाउन हामीलाई सजिलो हुन्छ । जसले नेफ्स्कूनलाई व्यवसायिक संस्थाको रुपमा विकास गर्न सक्छौ ।
Comment