सुनको मुल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनको मुल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । केहि दिनदेखि सुनको मुल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १५ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो।

बुधबार चाँदीको मुल्य प्रतितोला १ हजार ४५५ रुपैयाँ कायम रहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार ११:५१