भिपीएन र डिएनएस प्रयोग गरी टिकटक नचलाउन साइबर ब्यूरोको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

भिपीएन र डिएनएस प्रयोग गरी टिकटक नचलाउन साइबर ब्यूरोको आग्रह



काठमाडौं । साइबर ब्यूरोले सामाजिक सञ्जाल टिकटक चलाउनका लागि भिपिएन र डिएनएस प्रयोग नगर्न आग्रह गरेको छ। पछिल्लो समय सामाजिक सञ्जाल टिकटक चलाउनका लागि भिपिएन डाउनलोड गर्ने र डिएनएस प्रयोग गर्ने प्रचलन बढेकोले प्रविधिको दुरुपयोग भएको भन्दै यस्ता प्रविधिहरु प्रयोग नगर्न साइबर ब्यूरोले अनुरोध गरेको हो ।

नेपाल सरकारको मन्त्रीपरिष्दको बैठकले कात्तिक २७ गते, टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी हाल टिकटक भिपीएन र डिएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालन भइरहेको समेत प्रहरीले जनाएको छ ।

मंगलबार साइबर ब्यूरोले सार्वजनिक गरेको विज्ञप्तीमा भिपीएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताहरुको डाटाको दुरुपयागे भइ चोरी भएको पनि साइबर ब्यूरोले जानकारी दिइएको छ ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलवार १६:२८