सोल्टी होटलकाे ३१.५७ प्रतिशत लाभांश घाेषणा, साधारण सभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सोल्टी होटलकाे ३१.५७ प्रतिशत लाभांश घाेषणा, साधारण सभा कहिले ?



काठमाडौं । सोल्टी होटलले लाभांश दिने घोषणा गरेको छ । होटलको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३१.५७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमा ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। यता, होटलले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा पनि बोलाएको छ ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ । सोल्टीले सभा प्रयोजनाका लागि पुस ५ गते बुक क्लोज गर्ने जानकारी दिएकाे छ । यसर्थ, पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार ११:१०