शिवम् सिमेन्टकाे नाफामा गिरावट, यस्ता छन् अन्य सूचक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

शिवम् सिमेन्टकाे नाफामा गिरावट, यस्ता छन् अन्य सूचक



काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.०६ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ९३.२२ प्रतिशत घटेको छ भने कुल आम्दानी १०.७७ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च समीक्ष अवधिमा ७.९३ प्रतिशत बढेको छ। जसका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५ पैसा रहेको छ।

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार १४:१७