इमर्जिङ नेपालले ८.४२ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इमर्जिङ नेपालले ८.४२ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । इमर्जिङ नेपालले लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले ८.४२ प्रतिशत नगद लाभांश(करप्रयोजनसहित) घोषणा गरेको हो ।

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र आठौं साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार ११:४०