कामना सेवा विकास बैंकले यस पटक लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकले यस पटक लाभांश नदिने



काठमाडौं । कामना सेवा विकास बैंकले यस बर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंकको कात्तिक २१ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरणयोग्य नाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

गत वर्ष बैंकले ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार १०:५३