अल्फा क्यापिटलले आइपीओ ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

अल्फा क्यापिटलले आइपीओ ल्याउने



काठमाडाैं । अल्फा क्यापिटल लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा मंसिर १२ गते एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

सभामा अल्फा क्यापिटलले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । त्यस्तै, समान उद्देश्य भएका अन्य कम्पनी गाभ्ने सम्बन्धमा पनि छलफल गरिने एजेन्डा तय गरिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा–नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

यस क्यापिटलले हाल रियल स्टेट, सेयर बजारलगायत विभिन्न भेन्चरहरुमा लगानी गर्दै आइरहेको छ ।

अल्फा क्यापिटल स्थापना भएको ६ वर्ष भएको छ । सर्वसाधारणमा सेयर जारी गर्ने योजनासहित यसले साधारण सभा बोलाएको हो ।

अल्फा क्यापिटलले सर्वसाधारणलाई आइपीओ जारी गर्नुअघि प्रिमियम मूल्यमा नयाँ सेयरधनी भित्र्याउने (प्राइभेट प्लेसमेन्ट) रणनीति अघि सारेको छ । यसबाट कम्पनीको वित्तीय अवस्था थप मजुबत बनाउन सहयोग पुग्ने कम्पनीको भनाई रहेको छ ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलवार १४:१०