मनोहरा कृषि शित भण्डारको कृषि सशक्तिकरण सम्बन्धि अन्तरकृया सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

मनोहरा कृषि शित भण्डारको कृषि सशक्तिकरण सम्बन्धि अन्तरकृया सम्पन्न



काठमाडौं । मनोहरा कृषिशित भण्डार प्रा.लि.ले नेपालमा कृषि सशक्तिकरणःFromSoiltoSuccess सम्बन्धि अन्तरकृया तथा छलफल कार्यक्रम गरी लगानीकर्ताहरुको भेला सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीको जानकारी, योजना सहित कृषिको अपरिहार्यता, जलवायु परिवर्तनका कारणहरु, जनसंख्याको बृद्धि तथा कृषि उपज उत्पादनको तालमेल, माटोको संरक्षण संगै उत्पादनमा बृद्धि साथै शित भण्डारको विकासले फसल पछिको नोसानीलाई कसरी कम गर्न सहयोग गर्दछ भन्ने कुरामा कम्पनीका अध्यक्ष विशाल हुमागाँईले आफ्नो मन्तव्य राखे

करिब १५० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मुक्तिनाथ विकास बैकका अध्यक्ष तथा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषि क्षेत्रमा सवैमिलेर निजि क्षेत्र, सरकारी क्षेत्र लाग्नुपर्नेमा जोड दिई नेपाल र नेपालीको समृद्दिको आधार कृषि पेशा रहेको र कृषि उपजहरुलाई निर्यात गर्न सकेमामात्र देशको अर्थतन्त्र सुधार हुने भन्दै त्यस तर्फ अग्रसर भएकोमा शित भण्डारको प्रसंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि कम्पनीको रणनीतिक साझेदाय समेत रहेको मुक्तिनाथ क्यापिटलका अध्यक्ष सिताराम काफ्लेले कृषि कार्यमा योजना, बजारीकरण,औजार लगायत सबै कुराको व्यवस्थापनबाट उपज बृद्धि हुने त्यसैले कृषिगर्न भन्दापनि आधुनिक प्रणालीको राम्रो ज्ञान लिएर यो पेशामा लाग्न सुझाव दिए । कम्पनीका अध्यक्ष विशाल हुमगाईले कार्यपत्र प्रस्तुत गर्दै कम्पनीको स्थापनाका लक्ष्य तथा भावी योजना एवं रणनितिका बिषय प्रस्ट पारे ।

समाजले किसान र कृषिलाई दण्डित पेशाका रुपमा चित्रण गर्ने गरेको त्यो सोचको अन्त्य गर्नुपर्नेमा जोड दिई कम्पनीले कृषि पेशाव्यवसाय सम्मानीत पेशा हो र अब किसानले स्वाभिमान तथा गर्वका साथ म किसान हुँ भन्न सक्ने वातावरण यस कम्पनीले निर्माण गर्ने र किसानले उत्पादन नगरे आधारभुत मध्येको पनि अतिआधारभुत आवश्यकता खानेकुराकै समस्या पर्ने भन्दै कृषिमा लगानी अबको प्राथमिकता भन्दै पहिलो चरणमा १० लाख क्षमताको शित भण्डार स्थापना गर्ने पहल सुरु गरेको र त्यस उद्देश्यमा सबै साथ सहयोग आवश्यक रहेको बताए ।

उक्त कम्पनीको रणनीतिक साझेदार मुक्तिनाथ क्यापिटल लि. सामाजिक उत्तरदायित्व पहल SODEIN Nepal, बजारीकरण साझेदार मनोहरा कृषिबजार प्रा.लि, प्रविधि साझेदार IT Service र मिडिया साझेदार सफल आवाज रहेका छन् ।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार १२:३२