काठमाडाैं । हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशन प्रकृया रोकिएको छ । सार्वजनिक लेखा समितिले आर्थिक चलखेल गरेको भन्दै उजुरी परेपछि समितिले धितोपत्र बोर्डसँग तत्कालका लागि रोक लगाएको हो ।
कम्पनीलाई प्रिमियम मूल्यमा निष्काशन स्वीकृति दिएका आईपीओको सबै फाइल झिकाउन निर्देशन दिनुका साथै तत्काल कुनै पनि आईपीओ प्रिमियम मूल्यमा जारी नगर्न निर्देशन हो ।
एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन बोर्डलाई समितिको निर्देशन छ । के को आधारमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिइयो यस विषय जवाफ दिन बोर्ड अध्यक्ष रमेश हमाल सहित बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग जवाफ माग गरेको छ ।





Comment