ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

गत आवको नाफाबाट बैंकले १ प्रतिशत बोनस सेयर र कर सहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

गत वर्ष यसले ३ प्रतिशत बोनस सेयर र कर सहित १०.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : १९ कार्तिक २०८०, आईतवार ११:२३