निफ्राको नाफा ९.३० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

निफ्राको नाफा ९.३० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३० प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३७ करोड ८६ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.९९ प्रतिशत बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ६.८४ प्रतिशत बढेर ७० करोड ६५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९.२८ प्रतिशत बढेर ५९ करोड ११ लाख रुपैयाँ पुगेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड २४ लाख रुपैयाँ रहेको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६५ पैसा बढेर ७ रुपैयाँ ६६ पैसा पुगेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११२ रुपेयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.३६ गुणा रहेको छ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहीबार ११:११