बिहीबारदेखि देशभरका सरकारी कार्यालयहरु अपरान्ह ४ बजेसम्म मात्र खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिहीबारदेखि देशभरका सरकारी कार्यालयहरु अपरान्ह ४ बजेसम्म मात्र खुल्ने



काठमाडौं । भोलि अर्थात बिहीबारदेखि देशभरका सरकारी कार्यालयहरु अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका छन् ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म देशैभरीका सबै सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका हुन् । त्यस्तै, शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्ने जनाइएको छ ।

प्रकाशित : 1 November, 2023 4:06 pm