मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य



काठमाडौं । आईसिसी टी–२० विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालको दोस्रो खेल आज मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोड्न सफल भयो । नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक एक विकेट लिए।

मलेसियाका लागि सेयद अजिजले ६८ रन बनाए । ओपनर जुबाईदी जुल्कीफिलले २४, कप्तान अहमद फैज ३ र विरनदिप सिंहले पनि ४ रन मात्र बनाए ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलवार १५:४५