ट्राफिकले नागरिक एपमा भएको ब्लुबुक र लाइसेन्सलाई मान्यता दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

ट्राफिकले नागरिक एपमा भएको ब्लुबुक र लाइसेन्सलाई मान्यता दिने



काठमाडौं । अब ट्रफिक प्रहरीको चेकिङमा पर्दा नागरिक एप मै रहेको सवारी चालक अनुमति पत्र (लाईसेन्स) मोबाईलबाट देखाउँदा पनि हुने भएको छ । ट्राफिक प्रहरीले नागरिक एपमा भएको अफ्नो लाईसेन्सलाई नै मान्यता दिएको एपले जनाएको छ ।

एपले भनेको छ ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ।’ट्राफिक नियम उल्लंघन गर्दा भने नागरिक एपको लाईसेन्स देखाएर मान्य हुने छैन ।

यदि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्न पनि एपले आग्रह गरेको छ।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार १६:१९