गोदावरी फूलको प्रदर्शनी कात्तिक १४ देखि सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

गोदावरी फूलको प्रदर्शनी कात्तिक १४ देखि सुरु



काठमाडौं । ललितपुरमा १४ कात्तिकदेखि गोदावरी फूलको प्रदर्शनी आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनले यस्तो जानकारी दिएको हो ।

ललितपुरको जाउलाखेलस्थित फुटबल मैदानमा १४ कात्तिकदेखि १८ कात्तिकसम्म ५ दिन मेला आयोजना हुने एसोसिएसनले जनाएको छ । मेलामा ६२ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।प्रतियोगितात्मक प्रदर्शनीमा ५ वटा प्रजातीका गोदावरी फूलको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

मेलामा १ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने एसोसिएनको अनुमान छ ।

प्रकाशित : १२ कार्तिक २०८०, आईतवार १५:०२