काठमाडौं : नेपाल धितोपत्र बोर्डले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न स्वीकृति दिएको छ ।
बोर्डले एफपीओ निष्काशनका लागि तयार गरिएको विवरण पत्र असोज २६ गते स्वीकृत गरेको कम्पनीले जनाएको छ । यसर्थ, उन्नति सहकार्यले अब प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ बिक्री गर्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । अब, कम्पनीले छिट्टै एफपीओ निष्कासन प्रकृया अघि बढाउनेछ





Comment