चीनको राजधानी बेइजिङमा २१ दिने गोष्ठी सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चीनको राजधानी बेइजिङमा २१ दिने गोष्ठी सञ्चालन



बेइजिङ । चाइना एडको आयोजना तथा जायोताङ युनिभर्सिटिको सहयोगमा चीनको राजधानी शहर बेइजिङमा विभिन्न तालीम तथा गोष्ठी आयोजना भइरहेको छ । अक्टोबर ११ देखि शुरू भएको उक्त कार्यक्रम २१ दिनसम्म चल्नेछ ।

चीनले मेट्रो तथा मोनोरेल, स्मार्ट सिटी लगायत पूर्वाधार विकासमा हासिल गरेको उच्चतम उपलब्धि, डिजिटल अर्थतन्त्र, आर्टिफिसियल इन्टेलिजेन्स, अत्याधुनिक सूचनाप्रविधि, नवप्रवर्तन लगायतका विषयमा सहभागीहरुलाई अभिमुखीकरण गरिएको छ ।

साथै चीनको विश्वव्यापी विकास अवधारणा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका विविध विषयमा समेत जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

बिकाससिल तथा बिकासोन्मुख विभिन्न मुलुकका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालबाट पनि चार जनाले सहभागीता जनाएका छन ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार १६:३७