व्यवसायीले बैंकको ब्याज बढेको भन्दै आलोचना गरेपनि नियामकले ध्यान दिएन् : मन्त्री रिजाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

व्यवसायीले बैंकको ब्याज बढेको भन्दै आलोचना गरेपनि नियामकले ध्यान दिएन् : मन्त्री रिजाल



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले पछिल्लो समय उद्योगी व्यवसायीले बैंकको ब्याज बढेको भन्दै आलोचना गरेपनि नियामकले त्यसतर्फ ध्यान नदिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको यस्तो अवस्थामा बैंकको ब्याज घट्नु पर्ने भएपनि नघटेको बताए । ‘बैंकको ब्याजदले पनि उद्योगी व्यवसायीलाई हतोत्साहित गरेको छ, ब्याजलाई घटाउँदै जानु पर्छ, नियामक राजनीतिक पार्टीको गोटी बन्नु हुँदैन, निजी क्षेत्र अगाडि बढ्यो भने मात्र समग्र अर्थतन्त्र अगाडि बढ्छ,’ उनले भने ।

उनले बाहिर अर्थतन्त्र संकटमा भएको जति चर्चा भएको छ त्यस्तो अवस्था नभएको धारणा राखे । उनले केही व्यक्तिहरुले अर्थतन्त्र संकटमा भएको भन्दै हल्ला फैलाए पनि अर्थतन्त्र सकारात्मक दिशामा रहेको धारणा राखेका हुन् ।

उनले सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको पनि बताए । निजी क्षेत्रमालाई लगानी मैत्री वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताउँदै सरकारले उनीहरको लागि सहज नीति नियमहरु बनाउँदै लगेको पनि उनको भनाइ छ ।
यस्तै, उनले मुलुक संकटमा छ भन्ने अभिव्यक्तीले पनि धेरैलाई निराश बनाएको बताए ।

प्रकाशित : २५ आश्विन २०८०, बिहीबार १४:०१