काठमाडाैं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यसर्थ, बैंकले ४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २ करोड ३६ लाख ७४ हजार ९१ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनस सेयर वितरण गरिनेछ । गत वर्ष बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।





Comment