घरजग्गा धितो मूल्यमा ५० प्रतिशत कर्जा पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

घरजग्गा धितो मूल्यमा ५० प्रतिशत कर्जा पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा ५० प्रतिशत कर्जा पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै घरजग्गा धितो मूल्यमा ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो ।

यसअघि काठमाडौंमा घरजग्गाको बजार मूल्यको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले अब उपत्यकाभित्र तथा बाहिर धितोसँग ऋणको अनुपात ९एलटीभी रेसियो० समान ५० प्रतिशत कायम गरेको हो ।

राष्ट्र बैंकले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा व्यक्तिगत आवधिक कर्जालगायत कर्जा घररजग्गा धितो राखी प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा यो व्यवस्था लागू हुने व्यवस्था गरेको छ । व्यक्तिगत घरकर्जामा भने ७० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा छ ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार १५:१८