राष्ट्र बैंकले ल्यायो २० रुपैयाँ दरको नयाँ नोट बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले ल्यायो २० रुपैयाँ दरको नयाँ नोट बजारमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार १३:२७