नेप्से परिसूचक सामान्य अंकले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक सामान्य अंकले घट्याे



काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ९.२४ अंक बढेर बन्द भएको नेप्से आज ११.०४ अंक घटेर १०५६.९२ विन्दुमा झरेको हो।

त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन एक अर्ब १८ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज २८० कम्पनीको ३५ लाख ६२ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बिहीबार बाराही हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ। साथै, इन्फिनिटी लघुवित्तको सेयरमूल्य आज सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको आज ४ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित : १८ आश्विन २०८०, बिहीबार १५:४०