भूकम्पमा परी २७ जना घाइते, घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

भूकम्पमा परी २७ जना घाइते, घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने



धनगढी । बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पमा परेर घाइते भएकाको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ । भूकम्पपछि भएको क्षति, उद्दार तथा राहतका सम्बन्धमा छलफल गर्न बुधबार बसेको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने बताएका हुन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टका अनुसार प्रदेश विपद् व्यवस्थापन समितिले यसबारे औपचारिक निर्णय गर्ने छ ।

मंगलबार दिउँसो बझाङको तलकोट र चैनपुर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी बझाङ, बैतडी, बाजुरा र अछाममा गरी २७ जना घाइते भएका छन् ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार १७:४५