इन्जिनियर रानाभाटविरुद्ध ३ करोड १५ लाखको भ्रष्टाचार मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इन्जिनियर रानाभाटविरुद्ध ३ करोड १५ लाखको भ्रष्टाचार मुद्दा



काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ३० असार २०४६ मा सेवा प्रवेश गरेका उनको ६ कात्तिक २०७९ सम्मको आय व्ययको विश्लेषण गर्दा सो भ्रष्टाचार भएको खुलेको हो।

उनको अस्वभाविक जीवनयापन, हैसियतभन्दा बढीको सेयर, जग्गा खरिदका साथै घर बनाएको, बैंक तथा वित्तीय संस्थामा रकम राखेको पाइएको अख्तियारले बताएको छ ।

विशेष अदालत, काठमाडौंमा दायर मुद्दामा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको उल्लेख छ ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार १७:३७