समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा, कुन-कुन परे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा, कुन-कुन परे ?



काठमाडौं । सरकारले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने विभिन्न सार्वजनिक निकायबाट सिफारिस भई आएका २० कम्पनीलाई कालोसूचीमा राखेको हो।

ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म नयाँ काममा संलग्न हुन नपाउने गरी कालोसूचीमा राखिएको छ। कालोसूचीमा राखिएकाहरुमा सशक्त शरण गाेले (अभिषेक) नेतृत्वको अर्भन कन्स्ट्रक्सन प्रा.लि. भरतपुर, चितवन, निर्माण न्याैपाने नेतृत्वको शिवालय बिल्डर्स हेटाैडा,मकवानपुर, उमेश श्रेष्ठ नेतृत्वको इकाे भिजिनरी प्रा.लि., ग्वार्काे इमाडाेल, कुष्ण गुप्ता नेतृत्वको ग्रीन वल्ड कन्स्ट्रक्सन लगााएतका २० कम्पनीलाइ कालाेसूचिमा राखिएकाे छ ।

यस्ता छन् कालोसूचीमा परेका कम्पनीहरु

प्रकाशित : १६ आश्विन २०८०, मंगलवार १२:४२