प्रभु बैंककाे संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंककाे संस्थापक सेयर बिक्रीमा



काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्रीमा गर्ने भएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असोज १५ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । बैंकले यो सेयरको मुल्य भने तोकेको छैन ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार ११:०२