विश्व कीर्तिमान कायम गरेका पुलिस क्लबका कप्तान ऐरीलाई आईजीपी कुँवरको बधाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विश्व कीर्तिमान कायम गरेका पुलिस क्लबका कप्तान ऐरीलाई आईजीपी कुँवरको बधाई



काठमाडौं । विश्व कीर्तिमान कायम गरेका नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहेका दिपेन्द्रसिंह ऐरीलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बधाई दिएका छन्। छिमेकी राष्ट्र चीनमा सञ्चालन भइरहेको १९ औं एशियन गेम्समा टी-२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल ऐरीलाई आईजीपी कुँवरले बधाई दिएका हुन्।

ऐरीले सेप्टेम्बर २७ मा मंगोलियाविरूद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान कायम गरेका हुन्।

आईजीपी कुँवरले ऐरीलाई बधाईका साथै नेपाली क्रिकेट टिम र खेलाडीहरूमा सफलताको शुभकामना पनि व्यक्त गरेका छन्। चीनको हाङ्झाउमा सेप्टेम्बर २३ देखि जारी एशियन गेम्स अक्टोबर ८ सञ्चालन हुनेछ।

एशियन गेम्समा नेपाल प्रहरीका तर्फबाट पुरूष क्रिकेट, कराँते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिन्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरूष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलन लगायतका खेलहरूमा कुल ४७ जना खेलाडीहरू (एक जना अफिसियलसहित) सहभागी छन्।

प्रकाशित : १४ आश्विन २०८०, आईतवार १७:१७